TodayPati

मधेश सरकारबाट काँग्रेसको समर्थन फिर्ता, मुख्यमन्त्रीले फेरि विश्वासको मत लिनु पर्ने

टुडेपाटी-
जनकपुरधाम, चैत ९ गते ।

मधेश सरकारबाट काँग्रेसले समर्थन फिर्ता लिएको छ । काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले आज प्रदेश प्रमुखलाई पत्र पठाउँदै मुख्यमन्त्री नियुक्तिको बेला दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

केन्द्रमा समिकरण फेरिएपछि गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले काँग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा प्रवेश गराएका थिए । मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्री नियुक्त गर्दै काँग्रेस भागको तीनवटै मन्त्रालयको जिम्मेबारी उनलाई दिएका थिए ।

Sponsored

काँग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले अब कानुन प्रावधान अनुसार ३० दिन भित्र सदनबाट फेरि विश्वासको मत लिनु पर्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *