TodayPati

विद्यालयमा वित्तीय सारक्षरता कार्यक्रम सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, चैत ९ गते ।

महोत्तरीको बलवा नगरपालिकाको बलवा सरपल्लो स्थित योग कुमार माध्यमिक विद्यालयमा वित्तीय सारक्षरता कार्यक्रम सम्पन्न भएको छ । बिहीबार डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजमा भएको कार्यक्रममा कक्षा ९ का विद्यार्थीलाई वित्तीय साक्षरता प्रशिक्षण दिइएको हो ।

जसमा कक्षा ९ का ८३ जना विद्यार्थी सहभागिता थियो । बालबालिकामा कम खर्च तथा वचतको बानीको विकास गर्दै भविष्य सुरक्षित गर्न वित्तीय साक्षरता दिइएको आयोजक संस्थाका प्रतिनिधि ज्ञानकुमार कर्णले जानकारी दिए ।

Sponsored

उनका अनुसार ‘ग्लोवल मनी वीक २०२४’ अन्तर्गत प्रत्येक वर्ष विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम गर्ने गरिएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निरिपेन्द्र कर्ण, आयोजक संस्थाका बलवा सरपल्लोका शाखा प्रमुख सुरज कर्ण लगायतको सहभागिता थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *