TodayPati

मोरङमा पत्नीको हत्या, पतिले आफैले पनि घाँटी रेटेर गरे आत्महत्या

टुडेपाटी-
जनकपुरधाम, चैत ७ गते ।

मोरङमा पत्नीको हत्यापछि पतिले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका– १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको गए राति धारिलो हतियार प्रहार गर्दै हत्या गरेका हुन् ।

पत्नीको हत्या गरेपछि उनले पनि आफ्नो घाटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनका छोराले भने भागेर बाँचेका छन् ।

Sponsored

प्रहरीका अनुसार मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो । लगतै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो ।

गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषित गरेको कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए । घरझग्डाकै कारण यस्तो घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *