बटेश्वर ३ मा बाटो ढलानका लागि खुल्ला भेलाबाट उपभोक्ता समिति चयन
गणेश कुमार सिंह-
धनुषा, चैत ६ गते ।
धनुषाको बटेश्वर गाउँपालिका ३ मा युवाहरूको पहलमा ११ सदस्य ढलान उपभोक्ता समिति गठन गरिएको छ । बटेश्वर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष राम मणि कुशवाहाको अध्यक्षतामा बसेको खुल्ला भेलाबाट ११ सदस्य ढलान उपभोक्ता समिति चयन भएका हुन् ।
उपभोक्ता समितिको अध्यक्ष रिता देवी, सचिव प्रविन कुमार कुशवाहा, कोषाध्यक्ष विशेश्वर सिंह र अनुगमन सदस्य घुरन महतो लगायत छन् ।
भौतिक पूर्वधार विकाश मन्त्रालय जनकपुरधाम धनुषाको मिति २०८०÷११÷२० गतेको च.न. ५७७ को पत्रानुसार बटेश्वर गाउँपालिका वडा नं. ३ मा गम्भीर सिंहको घर देखि विगहि नदि ग्राभेल तथा ढलान उपभोक्ता समितिका लागि पूर्व सूचना गरेर भेला डाकिएको थियो ।
सरोकारवालाको उपस्थितिमा उपभोक्ता समिति गठनको लागि सबैमा उपस्थिती सुचना प्रकाशित गरि उपभोक्त समिति चयन गरिएको वडाध्यक्ष कुशवाहाले बताए ।
Sponsored