कमला पश्चिमी मूल नहर जल उपभोक्ता समिति चयन
टुडेपाटी-
जनकपुरधाम, चैत ६ गते ।
धनुषाको कमला सिंचाइ व्यवस्थापन कार्यालय अन्र्तगत कमला पश्चिमी मूल नहर जलउपभोक्ता समिति गठन गरिएको छ । गणेशमान चारनाथ–९ का श्यामबाबु यादवको अध्यक्षतामा कमला पश्चिमी मुल नहर जलउपभोक्ता मुल समिति सर्वसम्मतले चयन गरिएको हो ।
समितिका उपाध्यक्षमा विदेह नपा–५ का संजिवकुमार यादव गोहिवार, सचिवमा सबैला नपा–१ का जगदिश यादव, सहसचिवमा गणेशमान चारनाथ–९ की रामजोती देवी यादव र कोषाध्यक्षमा शहीदनगर नपा–३ का बरुण कुमार यादव सर्वसम्मतले चयन भएको कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्र कुमार यादवले जनाए ।
कमला सिंचाई पश्चिमी नहर प्रणालीको १२ हजार ५ सय हेक्टर कृषि योग्य जग्गामा सिंचाइ सेवा उपलव्ध गराउन १४.५ कि.मी मुल नहर ४ वटा शाखा नहर र १३ मुल नहरबाट प्रत्यक्ष निकालिएको उपशाखा नहर र शाखा नहरबाट निकालिएको ४६ प्रशाखा नहरले सिंचाइ सेवा दिदै आएको छ ।
यस प्रणालीको दिगो व्यवस्थापन संचालन र प्रणाली मर्मत सुधार एवं पानी संचालन गरि उपभोक्ता कृषकहरुलाई आवश्यकताको आधारमा सिंचाइ उपलव्ध गराउन नेपाल सरकारको उदेश्य अनुसार ठूला सिंचाइ प्रणालीहरुमा संयूक्त व्यवस्थापन गर्ने नीतिगत एवं कानुनी व्यवस्था भएकोमा सोही अनुसार जलउपभोक्ता संस्थाको विकास सुद्धृढीकरण हुदै आएको छ ।
कमला सिंचाइ व्यवस्थापन कार्यालयले जल उपभोक्ता प्रशाखा÷शाखा र मूल समिति गठन गरी संयुक्त व्यवस्थापनमा प्रणालीको दिगो सञ्चालन पानी वितरण, नहर मर्मत सुधार एवं व्यवस्थापन गरी उपभोक्ता कृषकहरुलाई समयमा समतामूलक पानी वितरण गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गराई कृषकहरुको आर्थिक, समाजिक अवस्थामा सकारात्मक सुधार गर्ने, स्वरोजगारको विकास गराइ व्यवसायिक कृषि पद्धतीको विकास गराउन, प्रणालीको मर्मत सुधार र पानी वितरणमा सहभागी मूलक सहभागिता परिचालन गराउन जलउपभोक्ता समिति गठन गरिएको हो ।
वर्तमान अवस्थामा जलवायु परिवर्तन, मौसमी प्रतिकूलता र कृषि पेशाप्रति मलखाद, बिउ तथा प्रविधि र वजारीकरणको अभावले ल्याएको कृषकमा नैराश्यताको निराकरण गर्न उपभोक्ता कृषकहरुको संगठित सहभागिता परिचालन गर्न अत्यावश्यक रहेको सिचाई प्रमुख यादवले बताए । प्रशाखा, शाखा हुँदै मुल नहर जलउपभोक्ता समिति गठन गरिएको उनले बताए ।
Sponsored