धनुषामा मोटरसाइकल दुर्घटना हुँदा भंगहाका युवा नेता साहको निधन
टुडेपाटी-
जनकपुरधाम, चैत ६ गते ।
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा भंगहा नगरपालिकाका युवा नेता कैलास साहको मृत्यु भएको छ । भंगहा नगरपालिका ५ का ३५ वर्षीय कैलास लोसपाका भंगहा वडा नं. ५ का अध्यक्षसंगै निर्माण व्यवसायी थिए ।
उनी सबार मधेश प्रदेश ०२–००७ प ४२६४ नम्बरको मोटरसाइकल गए राति जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका ६ स्थित बसही खोलाको पुलमा दुर्घटना भएको थियो । जनकपुर तर्फ आउन लागेको बेला राति साढे १२ बजे दुर्घटना हुँदा गम्भीर घाइते उनलाई उपचारको लागि ढल्केवर स्वास्थ्यचौकी पश्चात प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । उपचारको क्रममा राति करिब ३ बजे उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
उनका अनुसार मोटरसाइकमै सवार अन्य एक व्यक्ति मोटरसहित फरार छन् । फरार व्यक्तिको खोजी र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।