TodayPati

काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २० घाइते

टुडेपाटी-
नकपुरधाम, चैत ५ गते ।

रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । अन्य २० यात्रु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस करिब तीनसय मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

Sponsored

उका अनुसार गाडीमा ३२ जना यात्रु सबार थिए । घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको छ । दुर्घटनामा परेका यात्रुको खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको पहिचान भइसकेको छैन।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *