मधेश सरकारबाट काँग्रेस ‘आउट’, एमाले ‘इन’
टुडेपाटी
जनकपुरधाम, चैत ५ गते ।
मधेश प्रदेश सरकारमा नेकपा एमालेको इन्ट्रीसंगै नेपाली काँग्रेस आउट भएको छ । एमालेबाट संसदीय दलका नेता सरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन् । उनले सोमबार नै प्रदेश प्रमुख सुमिन्त्रा सुवेदीबाट पद तथा गोपनियताका शपथ लिएको छ ।
सो मन्त्रालयमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव भौतिक मन्त्री थिए । केन्द्रमा समिकरण फेरिएको दुई सातापछि मधेशमा एमाले सरकारमा सहभागी भएको छ । एमालेको सहभागीतासंगै नेपाली काँग्रेसका तीन मन्त्रीलाई मुख्यमन्त्री यादवले बर्खास्त गरेका हुन् ।
लोसपालाई भने मुख्यमन्त्री यादवले यथावत सरकारमा राखेका छन् ।
अब एमालेबाट थप तीन र माओवादी केन्द्रबाट थप एकजनालाई मन्त्री बनाउने मुख्यमन्त्री यादवको तयारी छ ।
मधेशमा जसपाक यादव मुख्यमन्त्री छन् । मधेश सरकारबाट काँग्रेस सरकारबाट हट्न चाहेको थिएन । तर मुख्यमन्त्रीले मन्त्री परिषद पुनर्गठन गरेपछि काँग्रेसका मन्त्रीहरुलाई हटाएका छन् ।
केन्द्रमा भएको सत्ता गठबन्धन अनुसार १०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ । मधेशमा एमालेका सभामुखसहित २४, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीको ७ सिट छ ।
