TodayPati

भंगहा नगरको भवन शिलान्यास, मेयरकै आमाबुबाले दिए ११ कठ्ठा जग्गा

टुडेपाटी-
जनकपुरधाम, चैत ४ गते ।

महोत्तरीको भंगहा नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । मेयर संजिव कुमार साहका बुबा अशेश्वर साह र आमा फुली सुँडीले दान गरेको जग्ग १० कठ्ठा १९ धुर जग्गामा आइतबार शिलान्यास गरिएको हो ।

लोसपाका बरिष्ठ नेता तथा निवर्तमान श्रम तथा रोजगार मन्त्री सरतसिंह भण्डारीले शिलान्यास गरेका हुन् । १० करोड ९१ लख ४२ हजार ६२३ रुपैयाँको लागतमा भवन बन्न लागेको नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत विजय यादवले जानकारी दिए । शिलान्यासको अवसरमा जग्गा दाता मेयरका बुबा र आमालाई सम्मान गरिएको छ ।

Sponsored

भंगहा नगरपालिका ५ सीतापुर स्थित सो जग्गामा हाल कार्यालय रहेको छेउमै छ । मेयर साहका अनुसार सो जग्गाको चलनचलती मूल्य अनुसार डेढ करोड भन्दा बढी मूल्यको रहेको छ । विगत तीनवर्षदेखि नगरपालिकाको कार्यालय रहेको छ । जुन निःशुल्क भाडामा उपलब्ध गराइएको मेयरले घोषणा गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *