TodayPati

आरती साह मृत्यु प्रकरण : सासु र देवर पक्राउ

टुडेपाटी-
जनपुरधाम, चैत ४ गते ।

जनकपुरकी आरती साह मृत्यु प्रकरणमा उनकी सासु पक्राउ परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका ७ थापाचोककी ५५ वर्षीया रेणुदेवी साह आइतबार पक्राउ परेकी हुन् ।
उनलाई आज आज पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

आरती साह मृत्यु प्रकरणमा जिल्ला अदालतमा चलिरहेको कर्तव्य ज्यान मुद्दामा सासुलाई पक्राउ गरेको डिएसपी अवाको भनाइ छ । उनी लामो समयदेखि फरार रहेकी थिइन् । सोही मुद्दामा आरतीकी देवर रविसाहलाई गत फागुन २३ गते धनुषा प्रहरीले पक्राउ गरेको थियो ।

Sponsored

आरतीकी पति मोतीबाबु साह सर्वोच्च अदालतको आदेशमा अहिले पुर्पक्षका लागि थुनामा छन् । जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी आरती ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । माइत पक्षले आफ्नो छोरीको दाइजोको कारण हत्या भएको दावी गर्दै आएको छ ।

सुरुमा जिल्ला अदालत धनुषामा श्रीमान मोतीबाबु र ससुरा मदनमोहनमाथि कर्तव्यज्यान मुद्दा प्रहरीले दायर गरेको थियो । जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर जिल्ला अदालतको फैसल उच्च अदालत जनकपुरले बदर गर्दै तारेखमा रिहा गर्न आदेश दिएको थियो । पछि सर्वोच्च अदालतले उच्चको आदेश उल्ट्याउँदै पति मोतीबाबुलाई थुनामा राख्न आदेश दिएको थियो । केहीसमय पछि पति मोतीबाबुलाई धनुषा प्रहरीले पक्राउ गरेर थुनामा पठाएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *