TodayPati

महोतरीमा ६ प्रजातन्त्र सेनानी सम्मानित

टुडेपाटी-
जलेश्वर, चैत ३ गते ।

महोतरीको जलेश्वरमा प्रजातन्त्र प्राप्तिकालागि योगदान दिएका योद्धाहरु सम्मानित भएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघले महोतरीको जलेश्वरमा एक समारोह बिच प्रजातन्त्र प्राप्तिकालागि लडेका योद्धाहरुलाई सम्मान गरेको हो ।

शनिबार जलेश्वर स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रजातन्त्र प्राप्तिकालागि योगदान दिएका योद्धाहरुलाई सम्मान गरेका हुन् ।

Sponsored

महामन्त्री यादवले पत्रकार यम विरही, नेपाली काग्रेसका नेता जितेन्द्र महतो, रामचन्द्र सिंह, विष्णु पंजियार, हरिसुनदर मिश्र र शहिद केशव कोइरालाकी श्रीमति गुणकुमारी कोइरालालाई सम्मान पत्र, दोसल्ला र फुलमाला लगाएर सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल प्रजातन्त्र सेनानी संघ अध्यक्ष बालकृष्ण दाहाल, नेपाली काग्रेसका सहमहामन्त्री महेन्द्र यादव, महोतरी सभापति नागेश्वर यादव, पुर्व प्रदेश प्रमुख हशिंकर मिश्र लगातका नेताहरु सहभागि थिए । कार्यक्रममा वक्ताहरुले नेपालमा प्रजातन्त्रकालागि भएको आन्दोलन र आन्दोलनमा सेनानीहरुले निर्वाह गरेको भुमिकाको चर्चा गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *