TodayPati

हुण्डी कारोबार आरोपमा एक महिलासहित चारजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, चैत २ गते ।

हुण्डी कारोबार गरेको आरोपमा पर्साबाट एक महिलासहित चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय कुनालकुमार जैसवाल, वीरगञ्ज–२२ का ३९ वर्षीय वीरेन्द्र साह तेली, सोही ठाउँकी २० वर्षीया रेखाकुमारी साह र पर्साको जगरनाथपुर गाउँपालिका–६ का २५ वर्षीय मितुकुमार कुर्मी छन् ।

उनीहरूलाई पर्साको वीरगञ्ज महानगरपालिका–१० आर्दशनगरबाट पक्राउ गरी पर्सा प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूबाट विभिन्न बैंकको चेकबुक १३ थान, काटिएको चेक ६६ थान, डिपोजिट स्लिप ५ थान र नगद ४ लाख ३ हजार रुपैयाँ बरामद भएको पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

Sponsored

पक्राउ परेकाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसुरमा अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *