रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार , तीन भारतीय पक्राउ
टुडेपाटी-
जनकपुरधाम, चत २ गते ।
रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो ।
गोली प्रहार गरेर रकम लुट्ने तीनजना भारतीयलाई प्रहरीले प्रहार गरेको छ । गोली सञ्चालक नितेशको कन्चटमा लागेको छ । गम्भीर घाइते उनलाई उपचारका लागि वीरगन्ज पठाइएको रौतहटका एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले करिब ५२ लाख रुपैयाँ लुटपाट गरेर भाग्न खोज्दा उनीहरूलाई प्रहरीले घटनाको केहीबेरमा नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंह रहेका छन् । उनीहरु भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा आएका थिए । प्रहरीले अभियुक्तहरुको साथबाट मोटरसाइकलका साथै लुटिएको रकम र पेस्तोल बरामद गरेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Sponsored