TodayPati

मिथिला नगरपालिकाको ढल्केवरमा ईमर्जेन्सी स्वास्थ्य सेवा संचालन

टुडेपाटी-
जनकपुरधाम, फागुन ३० गते ।

धनुषाको मिथिला नगरपालिका स्थित ढल्केवरमा नगर (ईमर्जेन्सी) आकस्मिक स्वास्थ्य सेवा संचालनमा आएको छ । नागरिकलाई चौबिसै घण्टा आकस्मिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको नगर आकस्मिक स्वास्थ्य सेवा संचालनमा ल्याइएको हो ।
आकस्मिक सेवाको बुधबार मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख सुनितासिंह बुढाथोकीले गरेका हुन् ।

नगरपालिकाले ढल्केबरमा अवस्थित स्वास्थ्य चौकी परिसरभित्र रहेका भवनलाई स्तरोन्नती गरी आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको हो । उद्घाटनको गर्दै नगरप्रमुख महतोले आकस्मिक सेवा सुचारु भएसँगै सडक दुर्घटनाका घाइते तथा नगरवासीलाई चर्को शुल्क तिरेर उपचारका लागि निजी अस्पताल जानुपर्ने बाध्यता हट्ने बताए ।

Sponsored

आकस्मिक उपचार सुविधा नहुँदा यहाँका जनताले थुप्रै समस्या झेल्दैआएको बताउँदै नगरप्रमुख महतोले नगरवासीका लागि सहज स्वास्थ्य सेवा उपलब्ध गराउन यो सेवा विस्तार गरिएको जानकारी दिए । आकस्मिक सेवा सञ्चालनमा लागेको सम्पूर्ण खर्च नगरपालिकाको आफ्नै बजेटबाट गरिएको बताए ।

उपचारका लागि चाहिने स्वास्थ्य उपकरण, ल्याब मेसिन तथा जनशक्तिको व्यवस्थापन भइसकेको र एक्स–रे मेसिनलगायतका थप उपकरणको व्यवस्थापन गर्दै जाने बताए ।

कार्यक्रममा उपप्रमुख सुनितासिंह बुढाथोकीले आकस्मिक सेवा सञ्चालनसँगै जनप्रतिनिधिको काँधमा थप जिम्मेवारी थपिएको बताए । कुनै पनि काम नीति नियममा रहेर गर्नुपर्ने बताउँदै काँधमा काँध मिलाएर विकासको काम गर्नुेपर्ने जानकारी दिए ।

Sponsored

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक भण्डारीले चौबिसै घण्टा खुला रहने आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि आकास्मिक उपचारका लागि नीजि उपचार केन्द्रमा महङ्गो शुल्क तिर्नुपर्ने तथा २४ किलोमिटर टाढा जनकपुर जानुपर्ने बाध्यता हट्ने बताए ।

आकस्मिक स्वास्थ्य सेवामा दुई जना एमबीबीएस, चार जना एचए, चार जना अनमी, दुई जना स्टाप नर्स, दुई जना स्वीपर र फार्मेसीमा दुई जनालाई राखिएको जानकारी दिए ।

अस्पताल हाताभित्र नगरपालिकाको आफ्नै मार्फेमी पसलसमेत रहने बताउँदै अस्पतालले निःशुल्क उपलब्ध गराउने औषधिबाहेकको औषधि फार्मेसीबाट खरिदमा सेवाग्राहीलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *