TodayPati

लकडाउनको म्याद थप्न आज मन्त्री परिषदको बैठक बस्दै

टुडेपाटी-

काठमाडौँ, जेठ ४ गते

नेपालमा समेत कोरोना संक्रमण भयावह रुप लिन थालेपछि सरकार गम्भीर भएर उपचार तथा व्यवस्थापनामा जोड दिने भएको छ ।

Sponsored

आज बस्ने लागेको मन्त्रीपरिषदको बैठकमा लकडाउनलाई निरन्तरता दिँदै अन्य व्यवस्थपनमा समेत गम्भीर हुने लगायतका निर्णय लिइने बताइएको छ ।

यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बोलाइएको बैठकमा सीमानाकामा अझ कडाइ गरिने तथा प्रभावित क्षेत्रका आधारमा लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

Sponsored

भारतमा लकडाउन खुकुलो बनाइएकाले सीमानामा नेपालीहरू आएर अलपत्र परिरहेको सन्दर्भमा उक्त विषयमा पनि आवश्यक निर्णय हुन सक्ने बताइएको छ ।

संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री समेत आइसकेको परिप्रेक्षमा प्रवासमा रहेका नेपालीहरु पनि ल्याउने विषय छलफलको एजेण्डा हुन सक्ने ती मन्त्रीले बताएका छन् ।

सरकारले नेपालमा दोस्रा संक्रमित देखिएपछि गत चैत ११ गतेदेखि सुरु गरेको लकडाउनपछि पनि नेपालमा कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।

लकडाउन सुरू भएको ५५ औं दिनमा अरू २८९ जना संक्रमित थपिएर २९१ जना पुगेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *