TodayPati

बटेश्वर गाउँपालिका ३ मा भेला डाकेर खुल्ला रुपमा उपभोक्ता समिति गठन, नमूना काम गर्ने लक्ष्य

टुडेपाटी-
जनकपुरधाम, फागुन २७ गते ।

मधेश प्रदेश सरकारबाट हुने सडक निर्माणको लागि धनुषाको बटेश्वर गाउँपालिकामा खुल्ला भेला डाकेर दुईवटा उपभोक्ता समिति गठन गरिएको छ । धनुषाको बटेश्वर गाउँपालिका ३ को सरस्वती चौकमा शनिबार वडाअध्यक्ष राममणि कुशवाहाको अध्यक्षता तथा मधेश प्रदेश सभाका सभामुखका स्वकीय सचिव धिरेन्द्र मण्डलको प्रमुख आतिथिमा भएको खुल्ला भेला डाकेर दुईवटा उपभोक्ता समिति गठन गरिएको हो ।

चालु आर्थिक वर्ष २०८०।०८१ मा भौतिक पुर्वाधार बिकास मन्तालयको स्विकृत योजना वडा नं. ३ को सरस्वति चौकदेखि भगवति मन्दिरसम्म सडक स्तरोन्नति कार्य र अशोक चौक देखि जनशक्ति माध्यमिक विद्यालयसम्म पिसीसी सडक ढलान कार्यको उपभोक्ता समिति स्थानीयले गठन गरेका छन् । यी दुई छुट्टा छुट्टै योजनामा ३० लाख बजेट छ ।

Sponsored

उपभोक्ता समिति गठनका लागि वडा कार्यालयको सहकार्य गर्दै स्थानीय जनचेतना युवाक्लवले जनप्रतिनिधिसहित गाउँलेको भेला डाकेको थियो । उपभोक्ता गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ बमोजिम स्थानीय राजिवकुमार साहको अध्यक्ष रहने गरी जनचेतना उपभोक्ता समिति र दिपेन्द्र कुमार महतोको अध्यक्षतामा जनशक्ति उपभोक्ता समिति गठन गरेको हो ।

स्थानीय जनशक्ति तथा साधनश्रोतको समुचित प्रयोग गरी गुणस्तरीय निर्माण काम उपभोक्ता समितिबाट गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, राजनीतिक दल तथा जनप्रतिनिधिले नेता नेताकार्यकर्ता पाल्न गोप्य रुपमै उपभोक्ता समिति गठन गरी काम गर्ने प्रवृति बढिरहेको बेला यहाँ नमूना कामको लागि खुल्ला रुपमा गठन गरेका छन् ।

उपभोक्ता गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ ले निर्दिष्ट प्रक्रिया अनुसार स्थानीय जनशक्तिको श्रमदानसंगै साधन श्रोतकै प्रयोग गरी गुणस्तरीय विकास निर्माण काम गर्ने र हरहिसाब एकएक गरी पारदर्शी गर्ने युवाहरुको लक्ष्य छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *