TodayPati

श्रममन्त्री यादवलाई ‘हर्ट एट्याक’, अस्पताल भर्ना

टुडेपाटी

जनकपुरधाम, जेठ ४ गते ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ ।

Sponsored

उनलाई हृदयघातको अति सामान्य रुप माइल अट्याक भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो ।

मन्त्री यादवलाई आइतबार बिहान निवासबाट मन्त्रालय जाने तयारी हुँदा श्वासप्रश्वासमा केही समस्या देखिएको थियो ।

उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो ।

Sponsored

अहिले उनको शहीद गङ्गालाल हृदयरोग केन्द्र उपचार भइरहेको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *