TodayPati

जथाभावी स्कुल बस चलाएर मान्छे मार्नेमाथि कडा कारबाहीको लागि पहल गर्छु : नेता साह

टुडेपाटी-
जनकपुरधाम, फागुन २४ गते ।

जनकपुरमा स्कुल बसको ठक्करबाट मृत्यु भएका परिवारलाई माओवादी केन्द्रका नेता भरत प्रसाद साहले भेट गरेका छन् । बिहीबार घरमै पुगेर मृतक परिवारलाई संवेदना प्रकट गर्दै उनले दोषीलाई कानुनी कारबाहीको लागि पहल गर्ने आश्वासन दिए ।

गत फागुन २० गते जनकपुर–जलेश्वर सडक खण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका २३ स्थित बिन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कूलको बसले ठककर दिँदा दुईजनाको मृत्यु र ६ जना घाइते भएका थिए । विवाहको लागि माटो ल्याउँन जाँदै गरेको महिलाहरुको भीडलाई तिव्र गतिमा रहेको बसले ठक्कर दिँदा स्थानीय ५८ वर्षीया देवकली साह र २६ वर्षीया राखी देवी यादवको ज्यान गएको थियो ।

Sponsored

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री समेत रहेका साहले घरमा पुगेर घटनाको विषयमा जानकारी समेत लिए । मृतक परिवारहरुले लापरबाही गरेर भीडमाथि बस चढाउने चालकलाई प्रहरीले सवारी ज्यान मुद्दा मात्र दर्ता गर्न खोजेको गुनासो गरेका थिए ।

भीड हेरेर पनि अत्यधिक गतिले भडिमाथि बस चलाएर ठूलोजनधनको क्षति पुर्याउने बस चालक र स्कुलका संचालकसहितमाथि कर्तव्यज्यान मुद्दा दर्ता गर्नुपर्ने मृतक परिवारहरुको माग छ । यधपी प्रहरीले कर्तव्यज्यान मुद्दा दर्ता गर्न इन्कार गरेर दोषी बचाउन खोजेको पीडित परिवारहरुको गुनासो छ ।

नेता साहले जथाभावी बस चलाएर घटना घटाउने चालक र स्कुल संचालकमाथि कानुन बमोजिम कारबाहीको लागि आफूले पहल गर्ने आश्वासन दिए ।
‘जथाभावी बस चलाएर जनधनको क्षति पुर्याउने दोषीमाथि कारबाही हुनुपर्छ । म यसको लागि पहल गर्छु’ नेता साहले भने ।

Sponsored

मृतक राखी यादवको घरमा नन्दको विहे थियो । साँझ विवाह मण्डपको विधिको लागि माटो ल्याउन जान लागेको बेला तिव्रगतिमा आएको बस महिलाहरुको भीडलाई ठक्कर दिएको थियो । जसमा राखी र छिमेक देवकलीको मृत्यु भयो । ६ जना घाइते भएका थिए । उनीहरुको उपचार अहिले पनि जारी छ ।
मृतक राखी देवी यादवका अढाई वर्षीय छोरा र ४ वर्षीया छोरी छन् । घटनापछि नन्दको विहे एकवर्षको लागि सरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *