TodayPati

मधेशमा सरकार परिवर्तनको सम्भावना कति ?

टुडेपाटी-
जनकपुरधाम, फागुन २१ गते ।

केन्द्रमा सोमबार समिकरण फेरिएसंगै त्यसको तरंग मधेश प्रदेशमा पनि स्वभाविक रुपले परेको छ । मधेशमा वर्तमान जसपा नेतृत्वको सरकार के हुने भन्ने आम चाँसोको विषय बनेको छ ।

केन्द्रमा एमालेसहितका गठबन्धनमा जसपा समेत रहेकाले तत्कालै मधेश सरकारको नेृत्व परिवर्तन नहुने आकलन पनि भइरहेको छ । अन्य प्रदेशको तुल्नामा जसपाको बलियो उपस्थिति केवल मधेश प्रदेशमा रहेकाले केन्द्रमा जे जसो भएपनि जसपा मधेश सरकार नछाड्ने विश्लेषण राजनीतिक वृत्तमा छ ।

Sponsored

केन्द्रमा समिकरण फेरिएपनि मधेशमा जसपाको नेतृत्व यथावत रहने सम्भावना प्रवल रहेको जसपा प्रदेश सांसद सरोज कुशवाहाको भनाइ छ ।

तर, मधेश सरकार यथावत वा नेतृत्व परिवर्तनको विषय केन्द्रकै गठबन्धनको निर्णय हुने भएकाले गठबन्धन घटक जसपा, एमाले र माओवादी केन्द्र ताकेर बसेका छन् । मधेश सरकारबाट काँग्रेस आउट हुने निश्चित जस्तै छ ।

आलोपालो सरकारको नेतृत्व हुने विषयमा केन्द्रीय गठबन्धनले टुंगो लगाएपछि मात्र बकेही भन्न माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद साहले बताए । उनका अनुसार आलोपालो नेतृत्व गर्ने सहमति गठबन्धनमा हुने छ ।

Sponsored

मधेश प्रदेशमा १०७ प्रदेशसभा सदस्यमा एमालेको सभामुखसहित २४, नेपाली काँग्रेस २२, जसपाको १९, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादी पार्टीको ७, नगरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पाटीका १–१ र एक स्वतन्त्र सांसद छन् ।

वर्तमान गठबन्धनका अंकगणित एमाले, जसपा र माओवादी केन्द्रको ५२ सांसद मात्र पुग्छ । बहुमतको सरकारको लागि ५४ सदस्य आवश्यक पर्छ ।

यधपी केन्द्रमा लोसपा र एकीकृत समाजवादी गठबन्धनमा नरहेकाले यी दुई मध्ये एक दल अथवा अन्य एकएक सिट भएका दल वा स्वतन्त्र सांसदहरुलाई जोड्न सके मात्र बहुमत सरकार कायम राख्न सकिने देखिन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *