TodayPati

भ्रष्टाचार मुद्दामा शहीदनगरका पूर्व मेयर, उपमेयर, प्रमुख प्रशकीय र लेखा अधिकृतसहित सबैले पाए सफाई

टुडपाटी-
जनकपुरधाम, फागुन १६ गते ।

भ्रष्टाचार मुद्दामा शहीदनगर नगरपालिकाका तत्कालिन मेयर, उपमेयर र प्रमुख प्रशासकीयसहित सबैले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरु टेकनारायाण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले सो मुद्दामा प्रतिवादी वनाइएका १२ जनालाई नै सफाइ फैसला सुनाएको हो ।

सडक निर्माणमा भ्रष्टाचार गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मेयर उदयकुमार बरबरिया यादवसहित १२ जनामाथि २३ माघ २०७९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Sponsored

शहीदनगरको वडा नम्बर ८ बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको र लागत इस्टिमेट र कार्यसम्झौता अनुसार काम गर्ने भनिएतापनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम गरी २ लाख १२ हजार ८१६.२३ रुपैयाँ बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर थियो ।

जसमा पूर्व मेयर यादव, पूर्व उपमेयर शिलादेवी कापरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर संजय यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियत, योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन लेखाअधिकृत नन्दकुमार झा, उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी, सचिव मुकेश लखनदे यादव, लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *