बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन
टुडेपाटी-
जकपुरधाम, फागुन १५ गते ।
बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । विस्फोटमा परी घाइते भएका वीरगञ्ज –९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु बिस्फोट हुँदा वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवालकाृ मृत्यु भएको थियो ।
तीन जना घाइतेको उपचार भइरहेको छ । निजगढ का सूर्यबहादुर थापाको सामुदायिक प्रसूति गृह अस्पतालमा उपचार भइरहेको छ भने वीरगञ्जका फिरोद देवान र भारतका अरविन साहको बयोधामा उपचार भइरहेको छ ।