बाराको निजगढमा शंकास्पद वस्तु बिस्फोट हुँदा २ जनाको मृत्यु, चारजना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, फागुन १५ गते ।
बाराको निजगढमा भएको शंकास्पद शक्तिशाली विस्फोटमा दुईजनाको मृत्यु भएको छ ।
निजगढ नगरपालिका ७ स्थित रोहित वर्कशपमा मंगालवार दिउसो शंकास्पद शक्तिशाली विस्फोट हुदा वर्कशप संचालक निजगढ नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय रेशम मगर र भारतीय नागरिक राकेश जयसवालको मृत्यु भएको छ ।
संचालक मगरको घटनास्थलमै मृत्यु भएको थियो । भने बिस्फोटमा परी ५ जना घाइते भएका मध्ये जयसवालको उपचारको क्रममा मृत्यु भएको छ ।
तीनजनाको अवस्था गम्भीर छ । उनीहरुको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
कवाड संचालक राज जैसवाल सहित ४ जनालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।
Sponsored