TodayPati

रौतहटको ईशनाथ नगरपालिकामा लागेको कर्फ्यू हटाइयो

टुडेपाटी-
जनकपुरधाम, फागुन ९ गते ।

सरस्वतीको मूर्ति बिसर्जन गर्ने क्रममा हिन्दु र मुस्लिम समुदायको झडपछि रौतहटको ईशनाथ नगरपालिकामा लागेको कर्फ्यू हटाइएको छ ।

स्थिति सामान्य भइसकेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले आज (बुधबार) साँझ ५ बजेदेखि कर्फ्यू पूर्ण रुपमा हटाएको हो ।

Sponsored

गत शनिबार सरस्वतीको मुर्ति बिर्सजन गर्ने क्रममा ईशनाथ नगरपालिका ७ घिउरा टोलमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो । त्यसपछि वडा नं. २, ३, ४ ५, ६ र ७ मा कर्फ्यू लगाइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *