TodayPati

रौतहटमा वन सुरक्षा टोलि र काठ तस्करबीच भिडन्त, तीन हवाई फायर गरेर काठ नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, फागुन ९ गते ।

रौतहटमा वन सुरक्षा गस्ती टोली र काठ तस्करबीच भिडन्त भएको छ । गए राति वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोली र तस्कर बिच भिडन्त भएको हो ।

वन सुरक्षा टोलीले हवाई फायर गर्दै अवैध सालको काठ बरामद गरेको छ । वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले गएराति ११ बजे वन क्षेत्र भित्र गस्तीको क्रममा तस्करसँग भिडन्त भएको थियो। सो क्रममा टोलीले तीन राउन्ड हवाई फायर गरेपछि तस्कर समूह भागेको र तीनाथान गोलिया बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए ।

Sponsored

साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको गरेको छ ।

काठ सहितको टायर गाडा र पाडो आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *