TodayPati

धनुषामा १० जोडीको सामूहिक विवाह

टुडेपाटी-
जनकपुरधाम, फागुन ८ गते ।

धनुषामा दश जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । धनुषाको मिथिला नगरपालिका–२ स्थित रहेको सतलोक आश्रममा १० जोडीको रमैणी विधिबाट सामूहिक विवाह सम्पन्न भएको हो ।

सन्त रामपाल महाराजको ३७ औं बोध दिवस र सन्त कबीर दासको ५०६ औं निर्वाण दिवसको उपलक्ष्यमा फागुन ५ गते देखि ८ गते सम्मका लागि आयोजना गरिएको धार्मिक कार्यक्रममा उक्त विवाह भएको हो ।

Sponsored

सतलोक आश्रममा दाइजोमुक्त र बिना खर्चको गरिने यस्तो विवाहलाई ‘रमैणी’ भनिन्छ । विवाहमा पण्डितको साटो रामपालबाट दीक्षित एकजना अनुयायीले दुलाहा–दुलहीका हातमा रामपालद्वारा लिखित ‘जिने कि राह’ नामको एक–एक वटा किताब दिन्छन् ।

लगत्तै माइकमा सन्त गरिबदासले रचना गरेको ‘असुर निकन्द रमैणी’ मन्त्र बजाएर विवाह सम्पन्न गराउने गरिन्छ ।
लगातर १७ मिनेट रमैणीमा बसेका जोडीले पनि मन्त्र उच्चारण गर्छन् । र २० मिनेटको हाराहारीमा एकसाथ सामुहिक विवाह अर्थात रमैणी सम्पन्न हुन्छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *