TodayPati

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

टुडेपाटी-
जनकपुरधाम, फागुन ६ गते ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । गत माघ ९ गते जनमतका दुई मन्त्रीले राजिनामा दिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

मधेश प्रदेशसभा बैठकमा आज दिउँसो २ बजे उनले विश्वासको मत लिने कार्यतालिका छ । मधेश प्रदेशसभा सचिवालयले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मत लिने भएकोले आज दिउँसो २ बजे बैठक आह्वाको पूर्व सूचना प्रकाशन गरेको छ ।

Sponsored

मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार छ । अहिले पनि मुख्यमन्त्रीलाई प्रदेशसभाका दुई तिहाई बढी समर्थन छ । यधपी सरकारमा रहेको दल समर्थन फिर्ता लिए ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रदेशसभामा १०७ सांसदमा एमालेको २३, कांग्रेसको २२, जनता समाजवादी पार्टीको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ९, एकीकृत समाजवादीको ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक÷एक र एक स्वतन्त्र सांसद छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *