TodayPati

सरस्वती पूजाको मूर्ति सेलाउन जाने क्रममा रौतहटमा हिन्दु र मुस्लिम समुदायबीच झडप

टुडेपाटी-
जनकपुरधाम, फागनु ३ गते ।

सरस्वती पूजाको मूर्ति सेलाउन जाने क्रममा रौतहटको ईशनाथ नगरपालिकामा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ ।

ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा मुस्लिम समुदायका केही मानिसले खुर्सानीको धुलो तथा ढुंगामुढा फालेपछि झडप भएको हो ।

Sponsored

भ्mडपमा एकजना घाइते भएका छन् । अन्य केहीलाई समान्य चोटपटक लागेको रौतहटका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले जानकारी दिए । प्रहरीले तत्कालै रोकेपछि थप क्षति हुनबाट जोगिएको हो ।

प्रहरीले संयमता अपनाएपछि घटना साम्य भएको र मूर्ति सेलाउने काम भएको एसपी श्रेष्ठले बताए । केहीबेर अवस्था तनाग्रस्त बनेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *