TodayPati

मुस्लिम बहुल देश यूएईमा हिन्दुको पहिलो मन्दिर स्थापना, मोदीले गरे उदघाटन

एजेन्सी-
जनकपुरधाम, फागुन ३ गते ।

यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधबीमा यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो ।

नवनिर्मित यो मन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेका छन् ।

Sponsored

मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो । करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु खर्च गरेर मन्दिर बनाइएको बीबीसीले जनाएको छ । मन्दिर १०८ फिट अग्लो र १८० फिट चौडा छ ।

मन्दिर निर्माणमा सिंगमरमर, ढुंगा र चुना प्रयोग गरिएको छ । मन्दिरका सात स्तम्भलाई यूएईका सात राज्यका प्रतीकको रुपमा लिइएको छ ।

बीएपीएसले यो मन्दिर सदभावको प्रतीक भएको र सबै धर्म मान्नेहरुका लागि खुला गरिएको जनाएको छ ।

Sponsored

मन्दिरमा आगन्तुक कक्ष, प्रार्थना कक्ष, प्रदर्शनी हल, सिकाइ कक्ष, बच्चा र युवाहरुका लागि खेल्ने स्थान लगायत सुविधा पनि छन् । साथै विभिन्न थिममा आधारित उद्यान, वाटर फिचर्स, फुड कोर्ट र पुस्तक तथा उपहार किन्न पाइने पसल पनि छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *