TodayPati

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० जना घाइते

टुडेपाटी

जनकपुरधाम, फागुन ३ गते ।

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ३० यात्रु भने घाइते भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुष्टि गरे ।

Sponsored

पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ सुरही पुल नजिकै महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना भएको हो ।

काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ ।
मृतकमध्ये रौतहटका नारायणबहादुर भण्डारीको मात्रै सनाखत भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *