TodayPati

धरानका बिरामी जनकपुर आएर गराए किड्नीको अप्रेसन

टुडेपाटी-
जनकपुरधाम, फागुन १ गते ।

समान्यतः जनकपुरधाम लागयतका क्षेत्रबाट सिकिस्त बिरामी भए यहाँबाट विपी कोइराला विज्ञान प्रतिष्ठान धराण रेफर गरिने उदाहरण प्रयाप्त छन् । घर नजिकै सुविधासम्पन्न हस्पिटल तथा त्यसमा कार्यरत्त एक से एक चिकित्सक भएको धरानका बिरामी उपचार गराउन जनकपुर आउँछन्, कसैले भन्यो वा सुन्यो भन्ने झट्ट पत्याउन सकिँदैन ।

तर, हालैमा धरानका एकजना किड्नीका बिरामी जनकपुर आएर उपचार गराएका छन् । धरान उपमहानगरपालिका १० घर भएका ६० वर्षीय अशोक श्रेष्ठ जनकपुर आएर अप्रेसन गराएर निको भइ घर फर्केका हुन् ।

Sponsored

उनले जकपुधामको जानकी हेल्थकेयर एण्ड टिचिंग हस्पिटल प्रा.लि.मा किड्नीमा रहेको ससाना ९ वटा पत्थर (ढुंगा) को सफल शल्यक्रिया गराई उपचार गराएर मंगलबार डिस्चार्ज भएका हुन् । उनी धरानबाट जनकपुरधाम उपचार गराउन आउनुको प्रमुख कारण हो बरिष्ठ यूरोलोजिष्ट डा. सुधिर सिंह जनकपुरमा हुनु । विपी कोइरला विज्ञान प्रतिष्ठान धरानमा लामोसमय काम गरेका डा. सिंह जनकपुरधाममा भएको कारणले उनको उपचारको विश्वसनीयतालाई लिएर यहाँ आएर उपचार गराएको बिरामी श्रेष्ठले बताए ।

रक्तचाप बढ्न थालेपछि उनी केही अघि उपचार गराउन काठमाडौं पुगेका थिए । त्यहाँ किड्नीमा पत्थर देखिएपछि विश्वसनीय डा.सिंह जनकपुरधाममा छन् भनेर उनैसंग सल्यक्रिया गराउन जनपुरधाम आएको बिरामी श्रेष्ठको भनाइ छ । गत शनिबार श्रेठको जानकी हेल्थकेयरमा डा.सिंह नेतृत्वको टोलिले उनको किड्नीको अप्रेसन गरी ससाना ९ वटा पत्थर झिकेको थियो । मंगलबार उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

यसअघि भारतको झारखण्डबाट समेत एक बिरामी जनकपुरधाम आएर उपचार गराएर फर्केको डा. सिंह बताउँछन् । टाढाका बिरामी आएर उपचार गराउनु जनकपुरधामको स्वास्थ्य क्षेत्रप्रति विश्वास बढ्दै जानु सुखद रहेको डा. सिंहको भनाइ छ ।

Sponsored

प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत्त यूरोलोजिस्ट डा. सिंह जानकी हेल्थकेयरमा समेत कार्यरत्त छन् । गत पुसमा प्रादेशिक अस्पताल जनकपुरमा नेपालमै पहिलो पटक डा. सिंहले किड्नी माथिको ठूलो ट्युमरको सफल शल्यक्रिया गरेका थिए । उनको नेतृत्वको चिकित्सक टोलिले जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २४ बसहियाका ३५ वर्षीय रामतोला देवीको किड्नी माथिको करिब २ किलो ६ सय ग्रामको ट्युमर अप्रेसन गरी निकालेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *