TodayPati

धनुषाको सबैला नगरपालिकामा आज जनयुद्ध दिवसको सार्वजनिक बिदा

टुडेपाटी-
जनकपुरधाम, फागुन १ गते ।

जनयुद्ध दिवसको अवसरमा आज धनुषाको सबैला नगरपालिकामा सार्वजनिक बिदा रहेको छ । जनयुद्ध दिवसको अवसरमा सबैला नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।

गत माघ २६ गते नै सबैला नगरपालिकाका मेयर कारीराम यादवले एक सूचना जारी गर्दै फागुन १ गते नगरपालिका भर सार्वजनिक बिदा रहने जानकारी गराएका थिए ।

Sponsored

‘प्रस्तुत सन्दर्भमा यस सबैला नगरपालिकाको मिति २०८०÷१०÷२६ गतेको नगरप्रमुख स्तरीय निर्णय अनुसार महान जनयुद्ध दिवसको अवसरमा सम्वत् २०८० साल फागुन ०१ गते मंगलवारका दिन यस सबैला नगरपालिका भर सार्वजनिक बिदा रहने सम्बन्धित सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ ।

धनुषाको एक मात्र सबैला नगरपालिका नेकपा माओवादी केन्द्रले जितेको छ । यस नगरपालिकाका मेयर कारीराम यादव नेकपा माओवादी केन्द्रका उप महासचिव मातृका प्रसाद यादवका भाई हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *