TodayPati

सिरहाको खुट्टी खोलामा सञ्चारकर्मीलाई चिनियाको अवरोध, महासंघद्वारा कारवाहीको माग

टुडेपाटी-
सिरहा, माघ २९ गते ।

नेपाल पत्रकार महासंघ, सिरहा शाखाले लहान नगरपालिका-१५ स्थित खुट्टी खोलामा समाचार संकलनका लागि गएका पत्रकारलाई भएको अवरोध घटनाप्रति ध्यानाकर्षण जनाएको छ ।

महासंघले सोमबार विज्ञप्ति जारी गरी अवरोधप्रति ध्यानाकर्षण जनाउँदै घटनाको निन्दा पनि गरेको छ । सरोकारवाला र नियामक निकायको मिलेमतोमै हुँदै आएको अवैध खोला दोहनको विषयमा समाचार संकलन गर्न कान्तिपुर टेलिभिजनका विनय आजाद र हिमालयन टिभीका सुरेश राय गत बुधबार अपरान्ह ५ बजेको समयमा खोलामा गएका थिए ।

Sponsored

तर, यो अवैध धन्दा मिडियामा आउन नदिने मनसायले सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी चाइन रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपका कर्मचारी एवं खोला साइट इन्चार्ज हुस्या छ्याङको निर्देशनमा टिपर र एक्साभेटरले सञ्चारकर्मीद्वयलाई पछ्याउँदै धुलोधुँवा उडाएर, तर्साएर अवरोध एवं आतंक सिर्जना गर्न खोजेका थिए ।

यतिमात्रै होइन, सञ्चारकर्मीद्वयलाई निर्मम र अवैध रूपमा खोला दोहन चलिरहेको स्थलसम्म जान नदिने मनसायले ठेकेदार कम्पनीले सञ्चालन गर्दै आएको क्रसर नजिकै बाटोमा एक्साभेटरले खाल्डो खनिदिएका थिए । महासंघका अध्यक्ष मनोज बनैताद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्नलाई कारवाहीको माग पनि गरिएको छ ।

यस्तै, महासंघले निर्वाध रूपमा समाचार संकलनको वातावरण मिलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पनि सबैलाई अपिल गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *