TodayPati

सिरहामा राति विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेर बिबाद गरिरहेका युवक पक्राउ

टुडेपाटी-
जनकपुरधाम, माघ २९ गते ।

सिरहामा रातिको समयमा विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेर बिबाद गरिरहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोज कुमार यादव छन् ।

उनी गत शनिबार राति ९ बजे सिरहा नगरपालिका ७ स्थित रामपुकार शर्माको घरमा डेरा गरी बस्ने औरही गाउँपालिका ३ का २२ वर्षीय संजित कुमार यादव र उनको बहिनी संजिता यादवसंग विवाद गर्न पुगेका थिए ।
तत्कालै प्रहरी पुगेर चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल बरामद भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *