मिर्चैया नगरपालिका कार्यालयमा ढुंगामुढा, दुई प्रहरीसहित तीन घाइते
टुडेपाटी
जनकपुरधाम, माघ २८ गते ।
वडा सचिव पठाउने विषयमा विवाद हुँदा सिरहाको मिर्चैया नगरपालिकामा ढुंगामुढा भएको छ । नगरपालिकाको वडा नम्बर ३ मा सचिव पठाउने विषय आइतबार विवाद हुँदा ढुंगामुढा भएको हो ।
त्यस वडामा नगरपालिकाले सचिव नपठाउँदा कामकाज साता बढीदेखि प्रभावित हुने गरेको छ । विरुद्धमा स्थानीय बासिन्दाले नगरपालिकामा आइतबार बिहान तालाबन्दी गर्न पुगेको बेला प्रहरीले रोकेको थियो ।
आक्रोशित स्थानीयले त्सस क्रमममा ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट दुई प्रहरी र एक प्रदर्शनकारी घाइते भएका छन् ।
नगरपालिकाको कार्यालयमा पनि क्षति पुगेको जनाएको छ ।
Sponsored