बलात्कार आरोपमा सप्तरी कारागारमा रहेका कैदीबन्दी मृत फेला
शुभ नारायण यादव –
सप्तरी , माघ २८ गते।
बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा रहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।
बलात्कार आरोपमा थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबार बिहान शौचालयमा मृत फेला परेका हुन् ।
मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको राजविराज कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए ।
१५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए।
Sponsored