बर्दिबासमा ५६ जनाले गरे रक्तदान
टुडेपाटी-
जनकपुरधाम, माघ २८ गते ।
प्राकृतिक स्रोत व्यवस्थापन कलेज, बर्दिबासमा ५६ जनाले रक्तदान गरेका छन् । ब्लड फर नेपालको आयोजना तथा कलेजको सहकार्यमा १४ जना महिलासहित ५६ जनाले रक्तदान गरेका हुन् ।
ब्लड फर नेपालका सदस्य ईन्द्रजित महतोको संयोजन भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा महोत्तरी निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो, विशिष्ट अतिथिमा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्री रहेका थिए ।
रक्तदान कार्यक्रममा युवा नेता शंकर महतो लगायत स्थानीय युवा, भलभलाआदिमी, कलेजका विद्यार्थी लगायतको सहभागिता थियो । कार्यक्रमको सह संयोजक अजय कुमार यादवले गरेका थिए ।
ब्लड फर नेपालले रक्तदान तथा रक्त सचेतनाका कार्यक्रम गर्दै आएको छ ।