TodayPati

संघीयता असफल भयो, बेथिति हटाउन सकेन : उपेन्द्र यादव

टुडेपाटी-
जनकपुरधाम, माघ २५ गते ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको टिप्पणी गरेका छन् । बुधबार हेटौंडामा आयोजित जसपा नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा विद्यमान समस्याका कारण संघीय व्यवस्था असफल भएको बताएका हुन् ।

संघीयताले मुलुकमा स्थायित्व दिन र बेथिति हटाउन नहटेको उनको भनाई छ । संविधानको संरचनागत ढाँचा नै गलत भएकाले स्थानीय र प्रदेश सरकारले काम गर्न नसकेको उनले बताए ।

Sponsored

‘संघीय व्यवस्थामा संविधान अनुसार स्थानीय र प्रदेश सरकारहरुले आफ्नो अधिकार पाउन सकेका छैनन् । अधिकारबाट वञ्चित बन्नु पर्दा स्थानीय र प्रदेश सरकारले काम गर्न सकिरहेका छैनन्,’ उनले भने, ‘संघीयतामा जनताहरुको हक अधिकार तथा समस्या हल गर्ने र समानुपातिक ढंगबाट विकास निर्माणको काम हुनु पर्ने हो । तर, त्यसो हुन सकेको छैन ।’

उनका अनुसार संघीयता कार्यान्वयनको यस अवधिमा समेत मुलुकको अझै विकास हुन सेको छैन । मुलुकमा विकास गर्न, सुशासन कायम गर्न र जनतालाई लोकतन्त्रको प्रत्याभूति गराउन संविधान संशोधन गरेर अघि बढ्नु पर्ने उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *