धनुषाका २० र ६० वर्षीय कोरोना संक्रमित दुवै पुरुष नगराइनका, चितवनबाट आएका थिए
टुडेपाटी-
जनकपुरधाम, जेठ ४ गते ।
धनुषामा शनिबार कोरोना पुष्टि भएका २० र ६५ वर्षका दुई पुरुष चितवनबाट केहिदिन अघि धनुषा आएको पाइएको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोडघास गाउँका बासिन्दा रहेका दुवैजना वैशाख ३० गते घर अाएका थिए ।
स्थानीयले थाहा पाएपछि स्थानीय प्रहरीको सहयोगमा दुवैजनालाई धनुषाको नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेनटाइनमा राखिएको क्वारेनटाइनका संयोजक संतोष ठाकुरले जानकारी दिए ।
दुबै जना आफ्नो घर पुगेर घर परिवारमा घुलमिल समेत भएका थिए । चितवनको मैदा मिलमा काम गर्दै अाएका दुवैजना त्यहाँबाट पैदल हिडेर पथलैया सम्म आएका थिए भने पछि ट्रकमा चढेर त कहीं फेरि पैदल हिडेर गाउँ सम्म आएका थिए ।
उनीहरु क्वारेनटाइनमा आएकै दिन बैशाख ३० गते स्वाब संकलन गरिएको थियो । शनिबार राति स्वास्थ्य मन्त्रालयले धनुषाका ती २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि गरेको थियो ।
Sponsored