दिलीप महतो हत्या प्रकरण : उच्च अदालतद्वारा दुई अपराधीलाई २५ वर्ष जेल फैसला सदर
टुडेपाटी-
जनकपुरधाम, माघ २४ गते ।
दिलीप महतो हत्या प्रकरणमा उच्च अदात जनकपुरले जिल्ला अदालतकै फैसला हुबहु सदर गरेको छ । न्यायाधीश द्वय महेन्दनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले जिल्ला अदालत धनुषाकै फैसला हुबहु सदर गरेको हो ।
१२ फागुन २०७८ मा जिल्ला अदालत धनुषाले दिलीपको हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका संचालक विपीन महतो र मुख्य सहयोगी मुनिन्द महतोलाई २५–२५ वर्ष कैद र पाँच–पाँचल रुपैयाँ क्षतिपुर्ति वापत जरिवाना हुने फैसला सुनाएको थियो ।
यस्तै घटनाका मतियार बनेको आरोपमा जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र अढाई लाख रुपैयाँ क्षतिपुर्ति बापत जरिवाना गरेको थियो ।
३ फागुनमा जिल्ला अदालते विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर गरेको थियो भने विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिइएको थियो ।
२५ पुस २०७६ मा घरभन्दा पाँचसय मिटर पर रहेको औरही खोलामा २४ वर्षीय दिलीपको हत्या भएको थियो । बिहानै ४ बजे खोलामा उत्खनन भइरहेको थाहा पाएपछि बन्द गराउन खोलामा पुगेका दिलीपको चुरियामाई वालुवा प्रशोधन उद्योगमै क्रुरतापूर्वक हत्या भएको थियो ।
Sponsored