१०० ग्रुपको प्राङ्गणमा रक्त सचेतना कार्यक्रम सम्पन्न
टुडेपाटी
जनकपुरधाम, माघ २३ गते ।
काठमाडौं स्थित १०० ग्रुपको प्राङ्गणमा रक्त सचेतना कार्यक्रम सम्पन्न भएको छ । ब्लड फर नेपालद्वाराको आयोजनामा कुरा ः रक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
दुर्गम क्षेत्र, आर्थिक अवस्थाको कमजोर र पढ्नमा अब्बल रहेपनि पढाईबाट बन्चित बिद्यार्थीहरुलाई प्रवेश परीक्षा लिइ काठमाडौंमा निःशुल्क गाँसबाससहित पठनपाठन गराउँदै आएको संस्था हो १०० ग्रुप । सोही संस्थामा ब्लड फर नेपाल–भ्याली टिमका सदस्य जय कृष्ण महतोको अगुवाईमा रगत सचेतना कार्यक्रम गरिएको हो ।
भ्याली सह संयोजक स्नेहा भट्ट, सदस्य सुरुची साह, सदस्य प्रकाश भण्डारीको उपस्थिति रहेको रगत सचेतना कार्यक्रममा त्यहाँका फिल्ड सुपरभाईजर आशिष दाङी लगायत ३० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । रगतका कुरा कार्यक्रम उपलब्धिमूलक भएको फिल्ड सुपरभाईजर दाङिले बताए ।
“ब्लड फर नेपालले आयोजन गरेको रगत सचेतना कार्यक्रमले उपलब्धिमूलक भयो । १७–१८ वर्षका किशोरकिशोरी रक्तदानको लागि तयार हुँदैछन् । उनीहरुको लागि यो कार्यक्रम राख्नु ब्लडफर नेपालको उदाहरणीय कार्य हो “ फिल्ड सुपरभाईजर दाङिले भने ।
आगामी दिनमा पनि समाजिक हितका लागि रगत सचेतना सम्बन्धि कार्यक्रम जारी राख्ने भ्याली सह संयोजक स्नेहा भट्टले बताइन् ।
रगतको आवश्यकता परेको बेला ब्लड फर नेपालले बिगत ५ वर्षदेखि काठमाडौं लगायत देशको विभिन्न स्थानमा रक्तदान सम्बन्धि सचेतना तथा रक्तदान एवं आवश्यक्ता परेको बेला रगत दिलाउन समन्वयात्मक भूमिका गर्दै आएको छ ।
Sponsored