सिरहाको मिर्चैयामा चक्काजाम
टुडेपाटी-
सिरहा, माघ २२ गते ।
राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै मिर्चैयाका स्थानीय आन्दोलित बनेका छन् । मिर्चैयास्थित कटारी चोकमा स्थानीयहरू बिहानैदेखि सडक अवरुद्ध पारेका हुन् ।
सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको छ । उसले निर्माणमा ढिलाई गर्दा र सडकमा पानीसमेत छर्कन आनाकानी गर्दा स्थानीय आजित बनेका छन् ।
यसकारण उनीहरू पटकपटक आन्दोलन गर्दै आएका छन् । तर, सुनुवाइ भएको छैन । मिर्चैयामा यथाशीघ्र कालोपत्रे गरिनुपर्ने स्थानीयको माग छ ।