व्यवसायीको आह्वानमा आज दिउँसो २ बजेसम्म जनकपुर बजार बन्द
टुडेपाटी-
जनकपुरधाम, माघ २१ गते ।
उद्योगी व्यवसायीको आह्वानमा आज बिहानैदेखि जनकपुरधाम बजार बन्द भएको छ । प्रहरी प्रशासनको विरोधमा जनकपुरधाम उद्योग बाणिज्य संघले आज दिउँसो २ बजेसम्मका लागि बजार, उद्योग र व्यवसाय बन्द भएको छ ।
आज जथाभावी व्यवसायीलाई पक्राउ गरी बदनाम गराउने प्रयास गनर्बे धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्मालाई कारबाही तथा सरुवा गर्ने मागसहित व्यवसायीइले मुख्यमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदै छन् । जसको लागि उद्योगी व्यवसायीले बजार बन्द गराएका छन् ।
बिल बिजकबिना सुनको अबैध कारोबार गरेको भन्दै गत बुधबार धनुषा प्रहरीले जनकपुरधामका सुनचाँदी व्यावसायीहरू बलराम साह, अरूण ठाकुर तथा सिरहा मिर्चैयाका अजय साह सोनार र संजय साह सोनारलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयालाई जिम्मा लगाएको थियो । विभागले बिहीबार उनीहरू धरौटीमा रिहा गरेको थियो । ।