TodayPati

नेपालमा कोरोनाबाट पहिलोपटक महिलाको मृत्यु भएको पुष्टि, धनुषामा थप २ जनामा कोरोना संक्रमण

टुडेपाटी-
जनकपुरधाम, जेठ ३ गते ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्केरी महिला मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको छ । २९ वर्षकी ती सुत्केरी महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।
कोरोनाबाटै ती महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।  १० दिनअघि ती महिलाे काठमाडाै‌ँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सामान्य किसिमले शिशु जन्माएकी थिइन् । आमाछोरा दुवैको स्वास्थ्य सामान्य रहेका कारण उनीहरू वैशाख २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए । एक हप्तापछि स्वास्थ्य समस्या आएपछि उपचारको लागि अस्पताल ल्याइएको थियो । उनको अस्पतालमै मृत्यु भएको छ ।

Sponsored


यस्तै शनिबार साँँ धनुुषामा २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको मन्त्रालयले पुष्टि गरेको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *