TodayPati

सुशासनमा कमजोर बन्दै जनकपुरधाम उपमहानगर, झुक्याएर अंक लिँदा पनि पुग्यो ४५ नम्बरमा

टुडेपाटी-
जनकपुरधाम, माघ २१ गते ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालय सुशसान एवं स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा कमजोर हुँदै गएको छ । विभिन्न १० वटा विषय क्षेत्रको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा मूल्यांकनमा जनकपुरधाम उपमहानगरपालिका मधेश प्रदेशमै ४५ नम्बरमा परेको छ । त्यति नम्बरमा पनि असान्दर्भिक कागजात प्रयोग गरी झुक्याएर परेको खुलेको छ ।

तत्कालिन मेयर लालकिशोर साहको कार्यकालको अन्त्यतिर २०७८।०७९ संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको वेबसाइट लिसामा ८९ अंक प्राप्त गरी जनकपुरधाम उपमहानगर मधेश प्रदेशमै प्रथम भएको थियो । तर वर्तमान मेयर मनोज साहको कार्यकाल आर्थिक वर्ष २०७९।०८० मा ७२.७५ अंक पाएर ४५ नम्बरमा पुगेको छ । त्यो अङ्क पनि उपमहानगरले समान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको लिसाको वेबसाइटमा असान्दर्भिक कागजातहरू प्रविष्ट गरी झुक्याएर प्राप्त गरेको हो ।

Sponsored

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयक्षेत्रहरु छन् । जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय । विषयगतक्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् । अंक प्राप्त गर्न स्थानीय तहले आवश्यक सबै कागज/प्रमाण राखेर सूचक भराख्नु पर्ने हुन्छ ।

तर उपमहानगरपालिका कार्यालयले आंशिक र माग गरेको भन्दा फरक विषयको कागजात ३१ सूचकमा प्रयोग गरेको बेवसाइटमा फेला परेको छ । ३१ सूचकमा उपमहानगरपालिका कार्यालयले एउटै कागजात प्रविष्ट गरी अंक पाएको छ । जसमा उल्लेख छ, ‘उपरोक्त सम्बन्धमा विषयगत शाखा तथा क्षेत्रहरु सँग सम्बन्धित प्रतिवेदनरकागजातहरु प्राविधिक समस्याका कारण तयार गर्न नसकी हाललाई उपलब्ध गराउन नसकिएको व्यहोरा अनुरोध छ ‘ यो पत्रमा बर्तमान प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले हस्ताक्षर गरेका छन् ।

यसले मेयर मनोज साहको कार्यकालमा उपमहानगरपालिकाको कार्यमूल्याङ्कन सुरधाबाट कमजोर हुँदै गएको बुझ्न सकिन्छ ।

Sponsored

संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि अनुसारका सूचकहरूमा प्रयोग भएको आवश्यक कागजात संलग्न भए/नभएको, स्थानीय तहले दाबी गरेका अङ्क प्राप्त गर्न उपयुक्त रहे÷नरहेको, प्रत्येक सूचकको लागि अपलोड गरिएका प्रमाण तथा कागजातहरू कार्यविधिले माग गरे अनुसार उपयुक्त भए/नभएको परीक्षण गर्ने, अपलोड गरिएको कागजात/प्रमाणको पुस्ट्याइँ, विश्लेषणात्मक प्रतिवेदन वा सो सरहका कागजात अपलोड भए/नभएको परीक्षण लगायतको अधिकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ । ३१ सूचनकमा असम्बन्धित कागजात प्रयोग गरी अंक प्राप्त गर्ने जनकपुरधाम उपमहानगरपालिका कार्यालयलाई मन्त्रालयले के गर्छ त्यो हेर्न भने बाँकी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *