TodayPati

मधेश प्रदेश सभामुख क्रिकेटको उपाधि धनुषाले जित्यो

टुडेपाटी-
जनकपुरधाम, माघ २० गते ।

प्रथम सभामुख क्रिकेट कप–२०८० को उपाधि धनुषाले चुमेको छ । शनिबार फाइलन खेलमा पाँच विकेटले सिरहालाई पराजित गर्दै धनुषा उपाधि कब्जा गरेको हो ।
मधेश प्रदेशसभाले छैठौं वार्षिकोत्सवको अवसरमा क्रिकेट कप आयोजना गरेको थियो । नकआउट प्रणालीमा खेलाइएको कपमा धनुषाले सप्तरी, बारा र सिरहालाई पराजित गरी प्रथम सभामुख कपको ‘च्याम्पियन’ बनेको हो ।

फाइनल खेलमा सिरहा टस जितेर पहिला ब्याटिङ गरेका थिए । सिरहा टिम निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर एक सय ३५ रनको लक्ष्य धनुषा समक्ष प्रस्तुत गरेका थिए । सिरहाका लागि प्रदिप पासवानले सार्वधिक ४४ बलमा २१, राकेश कामती २४ बलमा १९ र कप्तान पृथ्वी यादव नटआउट १५ बलमा १२ रन बनाए । सिरहाको ओपनर दिपेश दास र शैलेन्द्र साह मात्र १२÷१२ रन बनाउन सके ।

Sponsored

सिरहाको कमजोर ब्याटिङ देखिएको थियो । सिरहाको पहिलो विकेट २१ रन, दोस्रो ४०, तेस्रो ४२ र चौंथौं विकेट ५२ रनमा आउट भएका थिए । धनुषाका लागि बलिङ गरेका रुपेश यादवले आठ ओभरमा ३५ रन खर्चेर तीन र विक्रान्त यादव यादव आठ ओभरमा २४ रन खर्चेर तीन विकेट लिए । कप्तान विशाल शुशलिङ र आखिलेश ठाकुरले पनि एक÷एक विकेट लिए ।
जवाफी ब्याटिङका लागि आएका धनुषा २९ ओभर ३ बलमा पाँच विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । धनुषाका लागि कप्तान विशाल शुशलिङ सार्वधिक ५२ बलमा ३७ र रुपेश यादव नटआउट ४८ बलमा ३६ रनको योगदान दिए । ओपनर म्यान यादव १६ र हिमाशु दत्त २१ रन बनाए । सिरहाका लागि बलिङ गरेका प्रदिप पासवानले आठ ओभरमा २१ रन खर्चेर तीन र अफरुदिन राइनले दुइ विकेट लिए ।

यस खेलको म्यान अफ दी म्याच धनुषाका रुपेश यादव घोषित भएका थिए । म्यान अफ दी सिरिज पनि रुपेश नै भए । उनले कपमा पाँच विकेट र ५२ रन बनाएका थिए । वेस्ट ब्याटस म्यान धनुषाकै अकबर अलि भएकाक थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख रामचन्द्र मण्डलले खेलकुदको गतिविधि बढाउने उद्देश्यले सभामुख कप गराइएको प्रष्ट गरे । उनले क्रिकेटसंगै मौलिक खेलहरुको पनि विकास हुनुपर्ने जिकिर गरे । खेलले सबै क्षेत्रमा व्यापक विकास गर्ने हुनाले सबै पक्षलाई खेलकुदमा ध्यान दिन सुझाए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *