जनकपुर ईन्टर स्कुल क्रिकेट : गोगलको जित सुरुवात
टुडेपाटी-
जनकपुरधाम, माघ १९ गते ।
जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा गोगल प्रसाद मावि पाँच विकेटले जित हासिल गरेको छ । गोगल मावि प्रथम इन्टर स्कुल क्रिकेट कपको विजेता पनि छन् । गोगल प्रसाद मावि टस जितेर सुरुवातमा मदर ट्रेसा पब्लिक स्कुललाई ब्याटिङका लागि आमन्त्रण गरेका थिए । मदर ट्रेसाका खेलाडीहरु निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय सात रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि सरोज यादव ३७ बलमा २५ र किसन साह १९ बलमा २१ रनको योगदान दिए ।
गोगलका लागि बलिङ गरेका विमलेश सहनी चार ओभरमा १५ रन खर्चेर एक विकेट र धिरज दासले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए । दास एक मेडन ओभर समेत फालेक थिए ।
जवाफ ब्याटिङका लागि आएका गोगल मावि १७ ओभर एक बलमा पाँच विकेट गुमाएर लक्ष्य पुरा गरेका थिए । यस टिमका लागि विवेक भण्डारी १६ बलमा २४ र विमलेश सहनी १९ बलमा २१ रन बनाए । यस खेलको म्यान अफ दी म्याच गोलका विमलेश सहनी घोषित भएका थिए ।
प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ । प्रत्येक टिमले तीन म्याच अनिवार्य खेल्ने छन् । न्यू भिजन नेपालको अध्यक्ष अम्भु प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मनोज साहको प्रमुख अतिथ्यता रहेको थियो ।
Sponsored