TodayPati

जनकपुरबाट पक्राउ परेका सुनचाँदी व्यवसायीहरु धरौटीमा रिहा

टुडेपाटी-
जनकपुरधाम, माघ १८ गते ।

जनकपुरबाट पक्राउ परेका सुनचाँदी व्यवसायी धरौटीमा रिहा भएका छन् । राजश्व अनुसन्धान विभाग पथलैयाले बलराम ज्वेलर्सका सञ्चालक बलराम साहलाई ७ लाख ८० हजार ९७० र अरुण ज्वेलर्सका सञ्चालक अरुणकुमार ठाकुर ४ लाख २७ हजार ३२५ रूपैयाँ धरौटीमा रिहा गरेको हो ।

त्यस्तै सिरहा मिर्चैयाका कालिगढ सञ्जय साह सोनार ७ लाख ८० हजार ७०८ र अजय साह सोनार ४ लाख २७ हजार ३२५ हजार धरौटी राखेर रिहा गरेको छ ।
मंगलबार साँझ र बुधबार दिउँसो गरी चारजना सुनचाँदी व्यवसायी र कालिगढलाई धनुषा प्रहरीले पक्राउ गरेर विभाग पथलैयालाई बुझाएको थियो ।

Sponsored

बदनाम गर्ने नियतले धनुषा प्रहरीले पक्राउ गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् । जकपुरका सुनचाँदी व्यवसायी बुधबार र बिहीबार प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *