TodayPati

सभामुख क्रिकेट कप : ६ विकेटले बारालाई पराजित गर्दै धनुषा फाइनलमा

टुडेपाटी-
जनकपुरधाम, माघ १८ गते ।

जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा धनुषा आफ्नो स्थान सुरक्षित गरेको छ । विहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषा फाइनलको यात्रा तय गरेको हो ।

सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अव उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने छन् । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा छैठौं दिन दोस्रो सेमिफाइनल खेल भएको थियो । टस जितेर बारा क्रिकेट टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । बाराल ३६ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ४० रनको लक्ष्य धनुषा समक्ष प्रस्तुत गरेका थिए ।

Sponsored

बाराका लागि ओपनर तृतराज दासले राम्रो सुरुवात गरेपनि अर्को ओपनर अनिल साह एक रनमै आउट भएका थिए । दासले पाँच चौका र दुई छक्काको मद्दतले ६० बलमा ४४ रनको योगदान दिए । बाराकै निखिल सिंह ५७ बलमा ३३ रन र शाहिल पटेल ३४ बलमा २६ रन बनाए । यस टिमका अन्य ब्याटस म्यानले सम्मानजनक रन बनाउन सकेनन् ।

धनुषाका लागि बलिङ गरेका विक्रान्त यादवले सात ओभर तीन बलमा २२ रन खर्चेर चार विकेट लिएका थिए । उतकृष्ट बलिङ गरेका विक्रान्त एक मेडन ओभरसमेत फालेका थिए । उनीसहित टिमको कसिलो बलिङले बारालाई ‘लो’ स्कोरमा रोक्न सफल भएका थिए । यस्तै, धनुषाकै लागि बलिङ गरेका कप्तान विशाल सुशलिङले दुई, रुपेश यादवले एक, अभिजित मण्डलले एक, अखिलेश ठाकुर र साइमोन रोयलेसमेत एक÷एक विकेट लिए ।

जवाफ ब्याटिङमा धनुषाका खेलाडीहरु ३७ ओभर ३ बलमा चार विकेट गुमाएर लक्ष्य पुरा गरेका थिए । धनुषाका ओपनर अलिअकबर अन्सारीले ६३ रनको पारी खेले । उनले एक सय ९ बलमा चार चौका र एक छक्का प्रहार गरे । उनलाई साथ दिइरहेका पशुराम यादवलेसमेत ६३ बलमा ४९ रनको पारी योगदान दिए । यी दुबै ब्याट्स म्यानको राम्रो सुरुवातमा धनुषा सहजै जित हासिल गरेका थिए ।

Sponsored

बाराका लागि बलिङ गरेका विकास पटेलले तीन र पवन सराफले एक विकेट लिए । तीन÷तीन वटा सिनियर खेलाडी रहेका बाराको कमजोर प्रर्दशन देखिएको थियो । बाराका नामी अनिल साह, अरनिको यादव र पवन सराफ ठोस प्रर्दशन गर्न सकेनन् । यस खेलको म्यान अफ दी म्याच धनुषाका विक्रान्त यादव घोषित भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *