TodayPati

घुस लिएको अभियोगमा जिप्रका सप्तरीका कार्यालय सहयोगीमाथि मुद्दा दायर

रासस-
सप्तरी, माघ २५ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोयरालाका अनुसार अभद्र व्यवहार मुद्दा पेशीमा राखिदिने भन्ने प्रयोजनका लागि सेवाग्राहीसँग यादवले रु चार हजार घुस माग गरेको आरोप लागेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *