TodayPati

सर्लाहीमा एक युवतीको शव फेला, घाँटीमा डाम

टुडेपाटी-
जनकपुरधाम, माघ १८ गते ।

सर्लाहीको बलरामा एक युवतीको घरमै शव फेला परेको छ । बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी मंगलबार राति घरमै मृत फेला परेको सर्लाहीका एसपी प्रविन धितालले जानकारी दिए ।

घटना पश्चात उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएका छन् । एसपी धितालका अनुसार मृतक पूजा देवीको घाँटीमा डाम देखिएको छ । घाँटीमा डाम र पति ससुरा फरार रहेकाले घटना शंकास्पद रहेको एसपी धितालको भनाइ छ ।

Sponsored

घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले घटना हुनुअघि घरमा विवाद भएको जानकारी पाएको छ ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *